१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा २४ घन्टामा कोरोना संक्रमणबाट थप ४ जनको मृत्यु


0
Shares

स्याङ्जा । स्याङ्जामा पछिल्लो २४ घण्टा थप ४ जनामा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट फेदीखोला गाउँपालिका एक, गल्याङ नगरपालिकाका एक र वालिङ नगरपालिका दुई जना गरी चार जना कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

कोरोना संक्रमण पुष्टि भएका फेदिखोला गाउँपालिका २ का ५३ वर्षीय पुरुषको उपचारको पोखरामा मृत्यु भएको हो । यसैगरी कोरोना संक्रमण पुष्टि भएका वालिङ् नगरपालिका १२ का ४९ वर्षीय पुरुषको र अर्का वालिङ् नगरपालिका १३ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा उपचारको क्रममा पोखरामा मृत्यु भएको हो ।

यसैगरी कोरोना संक्रमण पुष्टि भएका गल्याङ नगरपालिका ७ का ६९ वर्षीय पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल मृत्यु भएको हो ।

जिल्लामा बैशाख २१ गतेदेखि निषेधाज्ञा कायमै छ निषेधाज्ञा भएपनि संक्रमित संख्या दिनउ बढीरहेको देखिन्छ । त्यसै गरी पछिल्लो २४ घण्टामा जिल्लाका ३९ पुरुष र ३१ महिला गरी ७० जान कोरोना संक्रमित देखा परेका छन् ।