एजेन्सी । अन्ततः अफगानिस्तानमा तालीवान बिद्रोही पूरै देश कब्जामा लिन सफल भएका छन् । राजधानी काबुलमा ६ हजार बढी अमेरिकी सेना तैनाथ रहेकै अवस्थामा तालिवानले कब्जा गरेको हो ।
आइतबार अपरान्ह राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहसहित उच्च पदस्थ अधिकारीहरु देशबाट भागेपछि विद्रोहीले विना रक्तपात राजधानी काबुल पनि कब्जामा लिन सफल भएका हुन् ।
घानी भागेपछि तालिवान विद्रोहीले राष्ट्रपति भवन कब्जामा लिएका छन् । उनीहरु राष्ट्रपति भवन प्रवेश गरेर राष्ट्रपतिको कार्यकक्षमै पुगेर तस्वीर खिचाएका छन् । योसंगै अफगानिस्तानमा अमेरिका समर्थित सत्ताको अन्त्य भएको छ भने अब तालिवानले सरकार बनाउने निश्चित भएको छ ।
राष्ट्रपति घानी कहाँ गए भन्ने चाहीँ अहिले पनि खुलेको छैन । यद्यपी उनी ताजकिस्तान वा उजवेकिस्तानन पुगेको अनुमान गरिएको छ । उनले देशमा रक्तपात नहोस भनेर आफूले देश छाडेको बताएका छन् ।
प्रान्तीय राजधानीहरु कब्जामा लिंदै अघि बढेका तालिवानले गत शनिबार काबुलाई घेरा हालेका थिए । त्यसपछि उनीहरुलाई राष्ट्रपति भवनमा डाकेर शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका राष्ट्रपति घानी अपरान् भने अचानक विमानस्थल पुगेर भागेका हुन ।
२० वर्षपछि अफगानिस्तानको सत्तामा फर्किएका तालीवान बिद्रोहीले कसैप्रति पनि बदलाको भावना नराख्ने भन्दै सर्वसाधारणदेखि उच्च पदस्थ सरकारी अधिकारीहरुलाई ढुक्क हुन भनेका छन् ।
उनीहरुले देश छाडेर भागेका नागरिकहरुलाई स्वदेश फर्कन दिने र अफगानिस्तानमै बस्न चाहने विदेशीहरुलाई पनि नाम दर्ता गराएर बस्न दिने बताएका छन् । यस्तै विमानस्थल तथा अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने पनि तालिवानले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्