२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमसीसी आयोजनाका लागि अधिग्रहण गरिएको ४ सय रोपनी जग्गा स्थानीयको कब्जामा, स्थानीयले गाडे झण्डा


0
Shares

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७ रातमाटेमा एमसीसी परियोजनाका लागि अधिग्रहण गरिएको करिब ४ सय रोपनी जग्गामा स्थानीयले. राष्ट्रिय झण्डा गाडेर कब्जामा लिएका छन् ।

अधिग्रहणस्थलमा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर कब्जा गरेको घोषणा गरिएको स्थानीयको भनाई छ । ४०० केभी प्रशारण लाईन निर्माणका लागी सरकारले जग्गा अधिग्रहण गरेको हो ।

सडक योजना र विद्युत प्रसारण लाइन निर्माणका लागि अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग ५१ अर्ब ३८ करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय यसअघि सरकारले गरेको थियो ।

साथै उक्त परियोजनाबाट नेपालमा पहिलोपटक ४ सय केभी क्षमताको ३ सय किलोमिटर लामो प्रसारण लाइन बनाइने तयारी छ । यस योजनाबाट लप्सीफेदी–गल्छी, गल्छी–दमौली, गल्छी–हेटौंडा, दमौली–सुनवल गरी चार खण्डमा प्रसारणलाइन निर्माणको योजना अघि सारिएको छ ।