२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अफगानिस्तानमा युद्ध सकिएको तालिवानको घोषणा


0
Shares

एजेन्सी । अफगानिस्तामा राष्ट्रपति कार्यालय कब्जा गरेपछि तालिवानले देशमा युद्ध समाप्त भएको घोषणा गरेको छ ।

प्रान्तीय राजधानीहरु नियन्त्रणमा लिंदै आइतबार राती राष्ट्रपनि भवन प्रवेश गर्ेका तालिवान नेताहरुले आफूहरुले युद्ध जितेको र अब अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेका हुन ।

अल जजिरा टेलिभिजनसँग कुरा गर्दै अफगानिस्तानका जनताको मुक्ति आन्दोलन सफल भएको र आफूहरुले चाहेको जित पनि हासिल भएको तालिवान नेताले बताएका हुन ।

विदेशी शक्तिहरूलाई अफगानिस्तानमा फेरि हस्तक्षेप गरेर असफल हुने प्रयास नगर्न पनि चेतावनी दिइएको छ । तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार अपरान्ह देश छाडेका थिए ।

घानी काजकिस्तान गएको बताइए पनि उनी उज्वेकिस्तान पुगेको विवरण अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दिएका छन् । यसैबीच, राजधानी काबुलमा तालिबानको पूर्ण पकड भएपछि अमेरिकाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट आफ्नो अस्थायी दूतवास चलाएको छ ।

दूतावासका कर्मचारीलाई हेलिकप्टरबाट विमानस्थल पुर्याएर त्यहीं अमेरिकी झण्डा राखेर काम गरिएको जनाइएको छ । केही हजार अमेरिकी सेना पनि विमानस्थलमै रहेकाले काबुल विमानस्थल अझैसम्म अमेरिकाको नियन्त्रणमै रहेको अनुमान गरिएको छ ।