विराज रोस्यारा
कैलाली । सुदूरपश्चिम प्रदेशमा निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोनाका बिरामीको संख्या बढ्न थालेको छ । स्थानीय प्रशासनले बजार तथा सरकारी कार्यालयहरु खोल्दा संक्रमण बढेको हो । गत महिना सम्म ओरोलोमा रहेको कोरोना सक्रमण अहिले बढ्दै गएको छ ।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा प्रशासनले निषेधाज्ञा खुकुलो गरेका छन । दुवै जिल्लाका बजार पूरै खुलेका छन् । प्रशासन कार्यालयले २५ जनाको संख्यामा मात्रै कार्यक्रम गर्ने अनुमति दिएपनि नापी, मालपोत र यातायात कार्यालयमा भने दैनिक हजारभन्दा बढी सेवाग्राहीको भीड लाग्ने गरेको छ ।
मालपोत र नापी कार्यालयमा टाँसिएर सेवाग्राही लाईनमा लागेका छन् । सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दीलीप श्रेष्ठले अषाढमा १८ प्रतिशत सम्ममा देखिन थालेको कोरोना सक्रमण अहिले बढेर २२ प्रतिशत पुगेको छ ।
सुदूरपश्चिममा कोरोना संक्रमण भएकाहरुमा पनि जटिल समस्या देखिएको छ । प्रदेशमा हाल परीक्षण संख्या घटाईएको छ । सुदूरपश्चिममा खुल्ला सिमानाकाको चुनौतिका कारण कोरोनाको जोखिम बढेको बढेको सेति प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले जानकारी दिनुभएको छ ।
कोरोना संक्रमणदर बढेपछि धनगढी स्थित सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिन थालेको छ । साउन सुरु भएयता भर्ना हुन आउने संक्रमितको संख्या निरन्तर बढिरहेको अस्पतालले जनाएको छ । स्थानिय प्रशासनको कडाईकाका साथै नाकामा पनि साबधानी नअपनाए जोखिम अझै बढ्ने देखिन्छ ।(भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्