काठमाडौं । आज साउने सोमबारको पाँचौ दिन अर्थात अन्तिम सामोबार । आ कै दिन हिन्दू नारीहरुले ब्रत बसी शिवजीको पूजा आराधना गर्दछन् ।काेराेना महामारीका कारण पशुपतिनाथ मन्दिर बन्द छ । तर पशुपतिनाथ मन्दिरकाे मुलढाेका बाहिर पूजा गर्नेकाे भिड देखिन्छ । आजकाे दिन काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ ।

कोरोना त्रासलाइ बेवास्ता गर्दै देशभरका शिवजीका मन्दिरहरुमा भक्तजनको घुईंचो लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर बन्द रहेता पनि भक्तजनहरु मन्दिरको मूल ढोकामै बसेर शीवजीको पूजा आराधना गरिरहेका छन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले मठमन्दिर खोलेको छैन् । तर मन्दिरका मूलद्वारमा नै भक्तजनको घुँइचो लागेको छ । स्वास्थ्य सामग्रीको प्रयोग गर्दै मन्दिरहरुमा शिवजीको दर्शन गरिरहेका छन् । हरियो–रातो–पहेंलो चुरा पोते र बस्त्रमा सजिएका विवाहित तथा अविवाहित महिलाको घुईंचोले वातावरणमा चमक थपिएको छ ।

साउन महिनाको धार्मिक रुपमा निकै महत्व छ । त्यसमाथि साउने सोमबारको झनै ठूलो महत्व हुने गरेको छ । यस दिन विवाहित र अविवाहित महिला भगवान् शिवको पूजा आराधना गरी ब्रत बस्ने गर्दछन् ।





प्रतिक्रिया दिनुहोस्