काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने भएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा रहेको नेपालीको छिटो उद्धार गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अफगानिस्तान घटनामा सरकारको गम्भीर चासो रहेको भन्दै त्यहाँ रहेका नेपालीलाई छिटो उद्धार गर्ने जानकारी दिनुभयो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अफगानिस्तानमा रहेका नेपालीको उद्धार प्रति सरकार गम्भीर रहेको बताउनुभएको थियो ।
यस्तै, सरकारले बेलायतमा जारी भूतपूर्व गोर्खा सैनिकलाई अनसन फिर्ता लिनसमेत आह्वान गरेको छ ।
मन्त्री कार्कीले सम्बोधन हुन बाँकी समस्याको कूटनीतिक माध्यमबाट समाधानको प्रक्रिया अघि बढिसकेको भन्दै अनसन फिर्ता लिन आह्वान गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्