१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


केन्द्रीय अखिल फोर्सद्वारा शंकरदेव क्यापसमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण


0
Shares

काठमाडौं । केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । सोमबार शंकरदेव क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको समन्वयमा केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको हो ।

फोर्सले देशभरका विद्यार्थीका मागहरूलाई सम्बोधन गर्ने र मागहरूलाई उठाउने, शैक्षिक मुद्दाहरूमा केन्द्रित हुने र रचनात्मक काम गर्नेमा अखिल फोर्स लागि पर्ने योजनाअनुरुप काम गरिरहेको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो । उहाँले देशभरका आङ्गिक क्याम्पसहरूमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गर्ने बताउनुभयो ।

शंकरदेव क्याम्पसकी उप–प्रमुख मिखा श्रेष्ठले आङ्गिक कलेजहरूमा धेरै कुराहरू आवश्यक रहेकोले यस्ता कामहरू गर्दै जाने बताउनुभयो । अखिल फोर्सले कलेजमा महिलाहरूलाई पर्ने समस्यालाई कलेज प्रशासनसहित कसैले पनि त्यति ध्यान नदिएको भन्दै त्यसलाई मध्यनजर गरेर यो अभियान सुरु गरेको उल्लेख गरेको छ ।