१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६० वर्षीया महिला बलात्कारको आरोपमा एक पुरुष पक्राउ


0
Shares

काठमाडौं । उदयपुरमा ६० वर्षीया महिलालाई जबरजस्ती करणी(बलात्कार) गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवार रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

साउन २ गते सुनुवारले ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरी चौकी रुपाटारले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।