१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अफगानिस्तानमा रहेका नेपालीको यथाशीघ्र उद्धार गर्न सरकारलाई सभामुखको रुलिङ


0
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीको यथाशीघ्र उद्धार गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरूलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई रुलिङ गर्नुभएको हो ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् गोकुलप्रसाद बास्कोटाले सरकारले अफगानिस्तानमा रहेको स्थानीयको तत्काल उद्धार गर्न माग गर्नुभएको थियो । उहाँले दुनियाँभर मादल बज्दा पनि सरकारले केही थाहा नपाएको आरोप लगाउनुभयो ।

सार्क राष्ट्रको अध्यक्ष भएको सरकारले सार्क राष्ट्रमा भइरहेको त्यस्तो गतिविधिको पत्तो नपाएको बताउँदै संकटमा परेका नेपालीहरूलाई उद्धार गर्न माग गर्नुभयो ।

त्यसअघि बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो ।