१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु, काबुलको विमानस्थल बन्द


0
Shares

एजेन्सी । अफगानिस्तानको हामिद कारजाई इन्टरनेसनल एयरपोर्ट बन्द भएपछि तालिकामा रहेका विभिन्न मुलुकका उडानहरू अनिश्चित भएका छन् ।

अफगानिस्तान नागरिक उड्ययन प्राधिकरणले सोमबार सूचना जारी गर्दै सर्वसाधारणका तर्फको काबुल एयरपोर्ट अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको हो । काबुललाई ट्रान्जिट बनाउने विमानहरूलाई नआउन पनि भनिएको छ ।

यससँगै अफगानिस्तानको काबुलमा उडान गर्दै आएका व्यावसायिक उडानहरु प्रभावित भएका छन् । नागरिक उड्ययन प्राधिकरणले यस्तो निर्देशन दिनुअघि अमेरिकी सेनाले आफ्ना कुटनीतिज्ञ, कर्मचारी र नागरिकलाई फिर्ता लैजानका लागि विमानस्थल नियन्त्रणमा लिएको थियो ।

विमानस्थलमा अमेरिकी सेनाले हवाइ फायर गरेको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । विमानस्थलमा अफगानिस्तान छोडेर जान चाहनेको भीड लागेको छ । विमानस्थलमा हालसम्म कम्तीमा पनि तीन जना मानिसको गोली लागेर मृत्यु भएको बताइएको छ ।

काबुल एयरपोर्टको प्यासेन्जर टर्मिनलमा गोली चल्दा उनीहरुको मृत्यु भएको हो । पाकिस्तान, इरान, ताजकिस्तान र उज्वेकिस्तानका नाका तथा सीमा क्षेत्रलाई तालिबानीले नियन्त्रणमा लिइसकेका छन् ।