१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश २ को प्रदेश प्रमुखबाट झा पदमुक्त, मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस


0
Shares

काठमाडौं । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुखबाट राजेश झा अहिराजलाई पदमुक्त गर्दै कांग्रेसका पुराना नेता हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राजेश अहिराजलाई हटाउने निर्णय गरेको हो । अहिराजलाई केपी ओली नेतृत्वको सरकारले गएको फागुनमा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

यसअघि देउवा सरकारले लुम्बिनी र गण्डकीमा पनि अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको थियो ।