१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पनौतीमा सार्ने ओली सरकारको निर्णय गलत– सांसद् विष्ट


0
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य रामबहादुर विष्टले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने निर्णय गलत रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा केपी शर्मा ओली सरकारको निर्णय गलत रहेको बताउनुभएको हो ।

उहाँले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्टीको लागि भएको बताउनुभयो ।

भारत सरकारले प्रतिष्ठानका लागि ८ खर्ब ७९ अर्ब १३ लाख ७६ हजार रुपैयाँ अनुदान दिने र आफैँ बनाउने भनेको २६ वर्ष भएको भन्दै उहाँले यो भारतको हस्तक्षेपकारी सोच भएकोले अवरुद्ध भइरहेको बताउनुभयो । उहाँले राष्ट्रपति कार्यालय नजिकै रहेको प्रहरी प्रतिष्ठान एकेडेमी बलमिम्याइँमा परेको बताउनुभयो ।

एकेडेमी सार्नुपर्ने कारण राष्ट्रपतिलाई विदेश जाँदा हेलिकप्टर प्रयोग गरेर एयरपोर्टसम्म जानुपर्ने, प्रहरीले तालिम गर्दा हल्ला हुने भएकोले शान्त वातावरण बनाउनका लागि, टहल्नका लागि सुन्दर बगैँचा बनाउन र गाडी पार्किङ गर्नका लागि सार्न लागिएको उल्लेख गर्नुभयो ।