काबुलको दक्षिणमा अवस्थित कन्धार शहरमा बगराम एयरबेस छ, जुन स्थानमा अमेरिकी नेतृत्वको गठबन्धन भएका दलहरूको अभियान केन्द्र छ ।
एजेन्सी । अफगानिस्तनाको विद्रोही समूह तालिबानले कन्धारा एयरपोर्टमा रहेका अफगान स्पेशल फोर्सेजका हजारौं सैनिकले तालिबानसमक्ष आत्मसमर्पण गरेको बताएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै तालिबानले राजधानी काबुलमा कब्जा जमाएसँगै कन्धार विमानस्थलमा बसेका हजारौं सैनिकले आत्मसमर्पण गरेको दावी गरेको हो । तालिबान लडाकुले पछिल्लो तीन दिनदेखि कन्धार विमानस्थललाई घेरा हालेर राखेको विज्ञप्तिमा उल्लेख छ ।
काबुलको दक्षिणमा अवस्थित कन्धार शहरमा बगराम एयरबेस छ, जुन स्थानमा अमेरिकी नेतृत्वको गठबन्धन भएका दलहरूको अभियान केन्द्र छ ।
प्रतिक्रिया दिनुहोस्