काठमाडौं । ईमेज च्यानलका नवनियुक्त कार्यकारी प्रमुख डा. महेन्द्र विष्टले नेपाली मिडिया आफ्नो मूल मर्मबाट विचलित हुन नहुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानले सोमबार गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले मिडियाले आफ्नो मूल मर्म बिर्र्सन नहुने बताउनुभयो । सञ्चारमाध्यमकाे लक्षित वर्ग आमजनता भएकाले उनीहरूकाे चाहना अनुसारको सामाग्री तयार पार्नुपर्नेमा उहाँले जाेड दिनुभयो ।
व्यवस्थापन कमजोर हुनेबित्तिकै पत्रकारिता र प्रविधि कमजोर हुने भन्दै उहाँले अब एकसाथ अघि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । ईमेज च्यानलले आफ्नो गुणस्तरीयतामा ध्यान दिँदै सन्तुलित रूपमा काम गर्ने उहाँको भनाइ छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहनु भएका विष्टले सबैलाई सहज र न्यायोचित रूपमा काम गर्ने वातावरण बनाउन आफू लागेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानका अध्यक्ष शंकर खनालले श्रमजीवि सञ्चाकर्मीको हक अधिकारको लागि महासंघ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले डा. विष्ट नेपाल पत्रकार महासंघको पूर्व अध्यक्षसमेत रहेकाले श्रमजिवी सञ्चारकर्मीको हकहितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्