२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पहिलो टेस्टमा पाकिस्तानमाथि एक विकेटको वेस्टइन्डिजको रोमाञ्चक जित


0
Shares

एजेन्सी । वेस्टइन्डिजले पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै दुई टेस्ट सिरिजमा वेस्टइन्डिजले १–० को अग्रता बनाएको छ ।

जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ५६.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । एक समय १५१–९ को अवस्थामा पुगेको वेस्टइन्डिजलाई केमार रोच र जयडेन सिल्सले जित दिलाए । केमार रोच ३० रनमा अविजित हुँदा जर्मेन ब्ल्याकवुडले ५५ रनको योगदान दिए ।

त्यसअघि पाकिस्तान दोस्रो इनिङमा २ सय ३ रनमा अल आउट भएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ५५ रन बनाए । वेस्टइन्डिजका जयडेन सिल्शले सर्वाधिक पाँच विकेट लिए । दोस्रो टेस्ट शुक्रबार देखि सुरु हुनेछ ।