७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कृसला चौधरी हत्या आरोपमा दुई जना पक्राउ, घरबार बिगारिदिएकाले मारेको बयान


0
Shares

उदयपुर । कृसला चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

साउन १३ गतेदेखि हराएकी त्रियुगा नगरपालिका–६ मोहनपुरकी कृसला चौधरीको शव साउन १९ गते राजदेवी सामुदायिक वनको रातमाटे खहरेमा भेटिएको थियो ।

हत्या अभियोगमा पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदा रहेका छन् ।

उनीहरूलाई प्रहरीले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ परेका उचितलाल सदाले साउन १३ गते राती साढे १० बजे नै कृसलाको हत्या गरेको स्वीकार गरेका छन् ।

हत्यापछि राजदेवी सामुदायिक वनको रातमाटे खहरे खोलामा ढुङ्गाले पुरेको अवस्थामा उनको शव भेटिएको थियो ।

पहिलो घरबार बिग्रेको सदाको दोस्रो श्रीमती कृसलाको साथी रहेको र घरबार बिग्रिनुमा चौधरीको हात रहेको भन्दै आफूले हत्या गरेको प्रहरी समक्ष उनले बयान दिएका छन् ।

सम्बन्धित समाचार
गुप्ताङ्ग र मुखमा कपडा कोचिएको अवस्थामा शव भेटिएकी किशोरीको पहिचान खुल्यो