१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणी अस्पतालको फार्मेसीमा अख्तियारको छापा


0
Shares

वीरगञ्ज । नारायणी अस्पतालको फार्मेसीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले नारायणी अस्पतालमा छापा मारेको हो ।

अख्तियारले अस्पतालको फार्मेसीमा रहेका आवश्यक कागतपत्रहरू नियन्त्रणमा लिएको छ । फार्मेसीमा भएका आर्थिक अनियमितता तथा म्याद गुज्रेको औषधिको बारेमा टोलीले छानविन गरिरहेको अयाोगको क्षेत्रीय कार्यालय हेटौंडाका प्रवक्ता बिष्णु सापकोटाले जानकारी दिनुभयो ।

उप–सचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा गएको ५ सदस्यीय टोलीले छापामारी फार्मेसीको पसल तथा बीमा सम्बन्धी औषधिका अधिकांश कागजपत्रहरू नियन्त्रणमा लिएको हो ।

नारायणी अस्पतालको फार्मेसीमा १ करोड २३ लाख रुपैयाँभन्दा बढीको अनियमितता र लाखौं म्याद वितेका औषधिहरूको बारेमा छानविन भइरहेको प्रवक्ता सापकोटाले बताउनुभयो ।