१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ठाकुर पक्षलाई धक्का, आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी(जसपा)को आधिकारिता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णय विरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो ।

आदेशमा भनिएको छ, ‘निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन ।’

सर्वोच्चको फैसलासँगै यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णय कायमै रहने भएको छ ।

गत साउन ११ गते निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको थियो । यादव पक्षलाई आधिकारिता दिएपछि निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाकै अर्को घटक महन्थ ठाकुर पक्षले निर्णय खारेजीको माग गर्दै रिट दर्ता गरेको थियो ।