२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


अफगानिस्तानका राष्ट्रपति घानीले चार वटा कार र हेलिकप्टरमा पैसा लगेको रुसको आरोप


0
Shares

एजेन्सी । रुसले अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेर भाग्ने क्रममा ठूलो परिमाणको रकम लिएर भागेको आरोप लगाएको छ ।

काबुलस्थित रुसी दूतावासकी प्रवक्ता निकिता आईचेंकाले घानीले चार वटा कार र हेलिकप्टरमा पैसा भरेर लगकोे दाबी गरेकी हुन् ।

हेलिकप्टरमा नअटाएको रकम विमानस्थलमै छाडिएको दाबी पनि रुसी दूतावासका अधिकारीहरुले गरेका छन् । यसअघि तालिबानले पनि काबुल विमानस्थलमा ५० लाख अमेरिकी डलर फेला परेको बताएका थिए ।

गत आइतबार अपरान्ह काबुल विमानस्थलबाट भागेका ​राष्ट्रपति घानी र उपराष्ट्रपति सालेह कहाँ छन् भन्ने अझै पत्तो लागेको छैन ।

यसैबीच रुसले एक वक्तव्य जारी गर्दै काबुलस्थित आफ्नो दूतावास बन्द नगर्ने जनाएको छ । तालिवानसँग सम्बन्ध बनाउने प्रयास गर्ने भन्दै रुसले दूताबास बन्द नगर्ने बताएको हो ।