१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना संक्रमण दिनदिनै बढेपछि निषेधाज्ञाको अवधि बढाउँदै जिल्ला प्रशासनहरु, मापदण्ड पालनामा पनि कडाई


0
Shares

सुर्खेत/ धनकुटा / डोटी । कोरोना संक्रमण दिनदिनै बढ्न थालेपछि विभिन्न जिल्लाहरुले निषेधाज्ञा थप गर्ने र मापदण्ड पालनामा कडाई गर्न थालेका छन् । डोटी जिल्लामा एक महिना निषेधाज्ञा थपिएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको अवधिमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र मात्र चलाउन पाइने छ भने पसलहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोल्न पाइने छ ।

यस्तै सुर्खेतमा पनि एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला भर यातायातका साधन चलाउन पाउने तथा विहान ७ बजे देखि साँझ ७ बजे सम्म पसल खोल्न पाउने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

जिम, हाट बजार, सभा लगाएतका भिडभाड हुने स्थान भने खोल्न नपाउने प्रशासनले जनाएको छ ।

यता, धनकुटामा पनि भदौ १० गते सम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा थप गरिएको छ । निषेधाज्ञा अवधिभर यातायात तथा पसलहरु भने खोल्न दिईने छ ।