पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागु औषध सहित २ युवालाई पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयवाट खटिएको टोलीले सदरमुकाम कुश्माबजारको शिवालयचोकवाट सोमवार दिउँसो दुई युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका-४ पुरानो चौकी बस्ने २१ वर्षिय नेष्टी श्रेष्ठ र वडा नं. ८ चुवाका २० बर्षिय एजन नेपाली रहेको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनिहरुवाट ५४० क्याप्सुल थर्माडोल हाईड्रोक्लोराईड र २० ग्राम गाँजा जस्तै देखिने हरियो पदार्थ बरामद गरिएको छ ।
उनीहरुलाई पर्वत जिल्ला अदालतवाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्