काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मिश्रालाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।
मन्त्रिपरिषद्को साउन ३२ को निर्णय अनुसार नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम महोत्तरीका मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरिएको हो ।
प्रदेश २ का प्रदेश प्रमुख मिश्र नियुक्त भएसँगैं निवर्तमान प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त हुनुभएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी कोटाका तिलक परियारलाई हटाएर ७ फागुन २०७७ मा झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्