१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मन्त्रिपरिषद् बैठक बालुवाटारमा, आउँला दल फुटाउने अध्यादेश ?


0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो ।

सोमबार प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेसँगैं अध्यादेशमार्फत दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दल विभाजनसम्बन्धी अध्यादेश आउँदा कांग्रेसलगायत अन्य गठबन्धन दलहरुले विरोध गरेका थिए ।

अहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । उहाँको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले र जसपा फुटाउन लागेको आरोप छ । आजको मन्त्रिपरिषद्ले सो अध्यदेश ल्याउला या के गर्ला हेर्न बाँकी छ ।