वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको फार्मेसीमा ठुलो मात्रामा म्याद गुज्रेका औषधी भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषघी स्टोर सिल गरेको छ ।
हेटौँडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वको ५ सदस्यीय टोलीले अस्पतालाको फार्मेसीमा छापा मारेर सिल गरेको हो ।
नारायणी अस्पतालको सरकारी फार्मेसीमा १ करोड २१ लाख रुपैयालगायत व्यापक आर्थिक अनियमितता भएको पाइएपछि औषधी स्टोरसमेत सिल गरिएको हो । छापा मार्ने क्रममा झण्डै ४ घण्टा अस्पतालमा बिताएको अख्तियारको टोलीले फार्मेसीको कारोबारसँग सम्बन्धित सबै कागजपत्रहरु नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्