१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


झिनो अंकले बढ्यो नेप्से, विकास बैंकका लगानीकर्ता मालामाल


0
Shares

काठमाडौं । सेयर बजार परिसूचन नेप्से बुधबार झिनो अंकले बढेको छ । उतारचढावबीच नेप्से ०.२३ अंकले बढेर ३ हजार १ सय ६० दशमलव ३२ विन्दुमा पुगेको छ ।

मंगलबार १६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा ७ वटा उपसूचकमा रातो भएको छ । यस दिन म्युचल फन्ड, निर्जीवन बीमा, व्यापार, अन्य, जीवन बीमा, होटल तथा पर्यटन र बैंक समूहको सूचक रातो हुँदा विकास बैंक समूहमा सबैभन्दा बढी २ सय ९२ अंकले बढेको छ । फाइनान्स समूहका लगानीकर्ताले पनि ४ दशमलव ८८ प्रतिशतले कमाएका छन् ।

बुधबार अपि पावर कम्पनीको १३ लाख ४१ हजार २ सय ४० कित्ता सेयरको किनबेच गर्दा ८६ करोड ३८ लाख २४ हजारभन्दा बढीको कारोबार गर्दै सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी बनेको छ । मंगलबार १ सय कम्पनीका सेयर मूल्य घट्दा ८६ कम्पनीका सेयर मूल्य बढेका छन् ।

यस दिन कारोबार रकममा पनि केही बढोत्तरी आएको छ । सोमबार १५ अर्बको कारोबार भएकोमा मंगलबार भने ३ करोड ६ लाख १३ हजार ४ सय ३९ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार भन्दा बढीको कारोबार भएको छ ।