१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महिला एसियन कप फुटबलकाे छनोटमा नेपाल समूह ‘एफ’मा, पहिलाे खेल फिलिपिन्ससँग


0
Shares

काठमाडौं । एएफसी महिला एसियन कप (२०२२) छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने भएको हो । छनोटको समूह ‘एफ’ मा रहेको नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । सो खेल सेप्टेम्बर २१ मा हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ ।

छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछन् । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

एसियन कप जनवरी २० देखि फेबु्रअरी ६ सम्म हुनेछ ।