२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आईसीसीद्वारा टि–२० विश्वकपको खेलतालिका सार्वजनिक, अक्टोबर २४ मा भारत र पाकिस्तानको खेल


0
Shares

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टि–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ ।

टि–२० विश्वकपको उद्घाटन खेलमा ओमान र पपुवा न्युगिनी खेल्नेछन् । पहिलो चरणमा समूह बी का सबै खेल ओमानमा हुनेछन् । पहिलो चरणको समूह ए, सूपर १२, सेमिफाइनल र फाइनल खेल यूएईमा हुनेछ । सुपर १२ का खेलहरू २३ अक्टोबरबाट दुबई, आबूधाबी र शारजाहमा सुरु हुनेछन् ।

पहिलो चरणको समूह ‘ए’ मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । समूह ‘बी’ मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोलीले सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ‘ए’मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै समूह ‘ए’ को विजेता र समूह ‘बी’को उप विजेता रहनेछन् ।

गु्रप ‘बी’मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता हुनेछन् । सुपर १२ को पहिलो खेलमा समूह ‘ए’का अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । समूह चरणको अन्तिम खेल समूह ‘बी’ को भारत र पहिलो चरणबाट आउने समूह ‘ए’ को उप विजेताबीच हुनेछ ।

अक्टोबर २४ मा भारत र पाकिस्तान पहिलो खेलमै प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइन खेल नोभेम्बर १० मा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा हुनेछ ।