१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्वोच्चद्वारा न्यायिक संग्रहालय स्थापना


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले न्यायिक संग्रहालय स्थापना गरेको छ ।

नेपालको न्यायिक क्षेत्रमा प्रयोग भएका विभिन्न सामग्रीहरूको संरक्षण गर्नका लागि स्थापना भएको संग्रहालयको मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उद्घाटन गर्नुभयो ।

न्यायिक संग्रहालयमा न्यायिक इतिहासलाई जीवन्त राख्ने सामग्रीहरू, तत्कालिन फैसलाहरू, आदेश, न्यायाधीशहरूले प्रयोग गरेका पोषाक लगायतका सामग्री लगायतका विभिन्न १५ प्रकृतिका ३ सय ५० वटा सामग्रीहरू प्रदर्शनीमा राखिने सर्वोच्च अदालतका सह रजिष्ट्रार बाबुराम दाहालले बताउनुभयो ।

संग्रहालय न्याय क्षेत्रका विभिन्न व्यक्तित्व तथा विद्यार्थीहरूका लागि अध्ययनको केन्द्र हुनसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । संग्रहालयको पूर्वाधार निर्माणका लागि २२ लाख रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।