एजेन्सी । चीनले अफगानिस्तानमा प्रजातन्त्र स्थापना गर्न अमेरिका असफल भएको आरोप लगाएको छ ।
२० वर्षअघि तालिबान सरकारलाई अपदस्त गर्दै प्रजातान्त्रिक सरकार गठन गरेको अमेरिकाले आफ्ना सैनिक फिर्ता लैजाने घोषणा गरेको केही समयमा नै अफगानिस्तानमा तालिबानले कब्जा जमाएको छ ।
प्रजातान्त्रिक सरकार टिकाउन असफल अमेरिकाले सैन्य फिर्ताको अन्तिम सयममा पनि सामान्य मानविय व्यवहार नगरेको चीनको आरोप छ ।
अफगानिस्तानमा तालिबानको कब्जापछि काबुल विमानस्थलमा देखिएको दृश्यलाई लक्षित गर्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनइंगले एक व्यङ्ग्यात्मक ट््वीट गर्नुभएको छ ।
सन् १९७५ मा भियतमान युद्धको समय र अहिलेको अफगान युद्धको समयका दुई तस्वीर राख्दै गरिएको ट्वीटमा अमेरिकाले विस्तारै आफ्नो शक्ति गुमाएको उल्लेख गरिएको छ ।
अमेरिकाको शासन शैली नै व्यवहारिक नभएको भन्दै चीनले अमेरिका आफ्नै कामका कारण शक्ति क्षयको बाटोमा गएको टिप्पणी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्