मृत फेला परेको चितुवाको बच्चा ६ महिनाको हुन सक्ने अनुमान गरिएको छ । मृत चितुवा बच्चालाई डिभिजन वन कार्यालयको परिसरमा गाडिएको प्रहरीले जनाएको छ ।
बैतडी । जिल्लामा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ ।
महाकाली राजमार्ग अन्तर्गत बैतडीको डिलाशैनी गाउँपालिका–६ श्रीशैनस्थित सडक किनारमा मंगलबार चितुवा बच्चा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।
मृत फेला परेको चितुवाको बच्चा ६ महिनाको हुन सक्ने अनुमान गरिएको छ । मृत चितुवा बच्चालाई डिभिजन वन कार्यालयको परिसरमा गाडिएको प्रहरीले जनाएको छ ।
चितुवाको बच्चाको मृत्यु कसरी भएको हो भन्ने खुल्न नसके पनि गाडीले ठक्कर दिएको हुन सक्ने प्रहरीले अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्