५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


प्रधानमन्त्रीसँग भेटेपछि डा. केसीकाे सत्याग्रह स्थगित


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि डा. गोविन्द केसीले भदौ ३ गतेदेखि घोषणा गरेको सत्याग्रह स्थगित गर्नुभएको छ ।

प्रधानमन्त्री देउवा र केसीबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो । वार्तामा देउवाले सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने र स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

यस्तै, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा बैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने प्रतिबद्धता जनाएपछि सत्याग्रह स्थगित गरिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो ।

डा. केसीले विभिन्न पाँच बुँदे माग राख्दै ३ भदौबाट सत्याग्रह थाल्ने घोषणा गर्नुभएको थियो । सत्याग्रह थाल्नु दुई दिन अघि प्रधानमन्त्री देउवाले बोलाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।