काठमाडौं । निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । पार्टी नेता प्रमोद साहले केन्द्रीय कार्य समितिको बैठकको सुरुमै पार्टी केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण गराइएको जानकारी दिनुभयो ।
२ दिनसम्म चल्ने केन्द्रीय कार्य समितिको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गर्नु भएको छ भने अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको छ । दुवै नेताहरूको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरूले आ–आफनो धारणा राख्नेछन् ।
बैठकमा प्रदेश कमिटीको नेताहरूले पनि पार्टीको कार्यदिशा र संगठन सृदृढीकरणका विषयमा आ–आफ्नो धारणा राख्नेछन् । नेता साहले पार्टीको तल्लो तहसम्मको संगठन सुदृढीकरणका लागि ठोस धारणा तय गर्न पनि केन्द्रीय कार्य समितिको बैठक बोलाउनुपरेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्