२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


निर्वासनमा रहेका तालिवानका शीर्ष नेता अफगानिस्तान फर्किए, सत्ताको नेतृत्व गर्ने


0
Shares

एजेन्सी । कतारमा निर्वासनमा रहेका तालिवानका शीर्ष नेता मुल्लाह अब्दुल घानी बरादर अफगानिस्तान फर्किएका छन् । उनी तालिवान समूहका सह–संस्थापक हुन् । कतारमा रहेर उनले तालिवानको तर्फबाट अन्तराष्ट्रिय समुदायसँग लगातार वार्ता गरेका थिए ।

अमेरिकी र अन्य विदेशी सेना अफ्गानिस्तानबाट फर्काउन गरिएको वार्ताको नेतृत्व उनैले गरेका थिए । कतारको हमाम अन्तराष्ट्रिय विमानस्थलबाट उडेका बरादर अफगानिस्तानको कान्दाहार विमानस्थलमा अवतरण गर्दा हजारौं जनताले उनको स्वागत गरे ।

बरादर २० वर्षपछि अफगानिस्तान फर्किएका हुन् । ११ वर्ष अघि उनलाई अफगानिस्तानसँगको सिमा नजिक पाकिस्तानी गाउँमा पाकिस्तानी सेनाले गिरफ्तार गरेको थियो । सन् २००१ सम्म अफगानिस्तनमा तालिवानले शासन गर्दा मुल्लाह बरादर सरकारको महत्वपूर्ण सदस्य रहेका थिए ।