२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


एसियन कप महिला फुटबलको छनौटमा नेपालले फिलिपिन्ससँग खेल्ने


0
Shares

काठमाडौं । एएफसी महिला एसियन कप फुटबल छनोट चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार उक्त खेल आगामी असोज २ गते उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालको दोस्रो खेल असोज ५ गते हण्कङविरुद्ध हुनेछ ।

समुहको तेस्रो खेलमा असोज ८ गते फिलिपिन्स र हङकङ भिड्नेछन् । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

एसियन कप महिला फुटबल सन् २०२२ को जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।