म्याग्दी । म्याग्दीमा व्यवसायिक रुपमा लगाइएको केरा खेतीमा रोगको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका सहित खबरा, बगरफाँट, मंगला र मालिका गाउँपालिकाको केरा खेतीमा प्रकोप देखिएको हो ।
केरामा डढुवा, गबारो र खपटे घुन नामक किरा देखिएको छ भने रोगको औषधी नपाएको गुनासो कृषकले गरेका छन् । रोगले केराको बोट सुक्ने, पहेँलो हुने, बोट ढल्ने भएपछि किसान संकटमा परेका छन् ।
सुरुमा सामान्य जस्तो लागेपनि अहिले सयौं रोपनीको केरा खेतीमा ठूलो क्षति पु¥याएको किसानले बताएका छन् । म्याग्दीमा नङ्ग्रे, मालुङ्गे, धुर्से जस्ता केराको उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्