२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सर्लाहीमा खोलामा युवतीको शव भेटियो


0
Shares

प्रकाश मैनाली

सर्लाही । गत साउन ३१ गते रातिदेखि बेपत्ता सर्लाही रानिगन्ज डाँडाटोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल मंगलवार राति मृत अवस्थामा फेला परेकी छिन् ।

युवतीको शव घरदेखि करिव ३ किलोमिटर पर लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा फेला परेको हो ।

मध्यरातमा युवतीको शव फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । तत्कालै ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक निर्मल थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी मृतक युवतीको शव पोष्टमार्टमका लागि मंगलवार राति नै जिल्ला अस्पताल मलंगवा पठाएको छ ।

युवतीको मृत्युको कारण खुल्न सकेको छैन् । साउन ३१ गते मध्यरातमा युवती बेपत्ता भएको भन्दै परिवारले साउन ३२ गते ईलाका प्रहरी कार्यालय लालबन्दीमा जानकारी गराएका थिए ।