बिराज रोस्यारा
कैलाली । सुदूरपश्चिमका तराईका जिल्लामा केही दिन यता निकै गर्मी बढ्न थालेको छ । कैलाली र कञ्चनपुरमा उखरमाउलो गर्मी भएपछि स्थानीय बासिन्दा गर्मी छल्न पहाडतिर जाने क्रम बढ्दै गएको छ ।
एका तिर तराईका जिल्लामा गर्मी बढ्दै गईरहेको छ भने अर्को तिर छिनछिनमा बत्ती जाँदा कैलाली र कञ्चनपुरका जनता आजित भएका छन् । अत्याधिक गर्मी बढेपछि यहाँका बासिन्दा चिसो खोज्दै पहाडतिर जानेक्रम बढ्दै बढ्दै गएको छ । कैलालीको चुरे क्षेत्रको खानीडाँडामा अहिले गर्मी छल्न जानेको भिडभाड बढेको छ ।
धनगढीबाट करिव ४७ किलोमिटर उत्तरमा रहेको कैलालीकै चुरे गाउँपालिकामा पर्ने खानीडाँडाको मौसम धेरैका लागि अपत्यारिलो छ । अहिले पनि त्यहाँ तुवाँलोले पहाड ढाकिने गरेको छ । उष्ण मौसमी हावापानी पाइने र समुन्द्री सतहबाट २ सय ३० मिटर उचाइमा अवस्थित रहेको खानीडाँडाले यो गर्मी मौसममा पर्यटकहरुलाई लोभ्याउने गरेको स्थानीय देबबहादुर सेठीको भनाई छ ।
धनगढीमा अत्याधिक गर्मी हुन थालेपछि धनगढीमा हुने बिभिन्न तालिम गोष्ठी र कार्यक्रमहरु खानीडाँडामा हुन थालेकाछन् । धनगढी नजिकै भएकाले र यहाँको चिसो मौसम भएकाले पनि यहाँ भिड बढ्न थालेको छ । राष्ट्रिय उपभोक्ता मञ्च सुदुरपश्चिम प्रदेशका अध्यक्ष हरि रेग्मीलेपनि धनगढीमा गर्मी बढेको र नियमित बत्ति जाने क्रम बढेपछि खानीडाँडामा कार्यक्रमहरु गर्न थालको बताउनुभयो ।
गर्मी छल्नकै लागि भनेर बिशेषगरी शुक्रबार र शनिबारको दिनमा धनगढीबाट सर्वसाधरण खानीडाँडा पुग्ने गरेकाछन् । जसले गर्दा यहाँ आउने आन्तरिक पर्यटकलाई कोठा पु¥याउन होटल व्यबसायीहरुलाई भ्याईनभ्याइ भएको छ । तराईको गर्मी छल्न आन्तरिक पर्यटकहरु आइरो नै छ । बिगतको वर्षभन्दा यस वर्ष खानीडाँडा क्षेत्रमा आउने पर्यटकहरुको संख्या उल्लेख्य रहेको छ । भीमदत्त राजमार्गसंगै जोडिएको र तराईबाट खानीडाडा नजिकको गन्तव्य भएकोले आर्कषकको केन्द्र भएको देउराली चुलो खानीडाँडाका सञ्चालक प्रकाश देउवाको भनाई छ ।
पर्यटकीय दृष्टिकोणलेसमेत निकै महत्वपूर्ण मानिने यो क्षेत्रलाई भौतिक रुपमा अझ सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । तर यस तर्फ तिनै तहका सरकारले कुनै चासो नदीएको स्थानिएको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्