काठमाडौं । पर्यटन क्षेत्रका छाता संगठनहरुले संयुक्त रूपमा स्वास्थ्य राज्यमन्त्रीलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।
कोरोनाले गर्दा करिब २ वर्ष देखि ठप्प र शिथिल बनेको पर्यटन क्षेत्रको पुन सुरुवातका लागी खोप मात्रै एक विकल्प रहेको बताउँदै सङ्गठन हरुले छिटो भन्दा छिटो सबै जनतालाई खोप लगाउने वातावरण मिलाउन मन्त्री उमेश श्रेष्ठलाई आग्रह गरेका हुन ।
नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै व्यवसायिहरुले खोप को मात्रा पुरा लगाएका र नेपाल घुम्न चाहाने पर्यटकलाई पिसिआर गराई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउन माग गरेका छन् ।
कोरोना पोजेटिभ देखिएका पर्यटकलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेपनि नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई सहजताका साथ नेपाल घुम्ने वातावरण मिलाई पर्यटन क्षेत्रलाई पुन सुचारु गर्नुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् ।
त्यसैगरी स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन गर्न र प्रभावकारी बनाउन देशव्यापी रूपमा तालिम तथा अनुगमनको व्यवस्था गरिनुपर्ने उनीहरुले माग गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको समस्या सँग आफू जानकार रहेको र फ्रान्तलाइनेर लाई खोप लगाउन कसरत गरिरहेको बताउनुभयो । क्वारेन्टाइन को व्यवस्था हटाउन आफूले पनि कुरा राखिरहेको र केहीदिन भित्रमा नै निर्णय गरेर सूचना निकालिने उँहाले बताउनुभयो ।
पर्यटन व्यवसायीको माग जायज भएको र आर्थिक हिसाबले यस क्षेत्रले भोग्नुपरेको समस्यालाई छिट्टै नै सम्बोधन गरिने समेत मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाउन भएको छ । विशेष पर्यटकिय गन्तव्यका स्थलका सर्वसाधारण हरुलाई केन्द्रित गरेर खोप लगाउने र पर्यटकिय गन्तव्य हरुलाई खुलाउन आफू दृढ भएको र योजना बनाएर काम गरिरहेको समेत उहाँले जानकारी गराउनुभयो।
पर्यटन क्षेत्रसँग आबद्द यी संस्थाहरुले बारम्बार क्वारेन्टाइन हटाउनुपर्ने माग र खोपको माग गर्दै ज्ञापपत्र बुझाउँदै आएका छन् तर कुनै पनि मन्त्री तथा मन्त्रालय र सरकारले सकारात्मक निर्णय गरेको देखिँदैन।
सेप्टेम्बर र अक्टोबर मा पनि पर्यटकीय क्षेत्र र संस्थाहरु खुलेन्नन् भने पर्यटन व्यवसायिहरु पलायन हुने अवस्थामा पुगिसकेको र व्यवसायी पलायन हुँदा यहाँ बाट रोजगारी पाएका जनशक्ति सँगै सबैको लगानी नै खतरामा पर्ने टानका अध्यक्ष खुम बहादुर सुवेदीले बताउनुभयो ।
नाटाका अध्यक्ष अच्युत गुरागाईंले व्यवसायिहरु सूचनाबाट टाढिनु परेको र गलत सूचनाको शिकार हुनुपरेको कुरा जानकारी गराउँदै सी सी एम सी को टीम मा एक जना भएपनि पर्यटन व्यवसायीलाई समे टिदिन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्