१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


धरानमा दश दिन पुर्ण लकडाउन हुने


0
Shares

धरान । धरान उपमहानगरपालिकामा १० दिन लकडाउन हुने भएको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले समुदायस्तरमै कोरोना फैलिएको भन्दै पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भदौ ४ देखि १३ गतेसम्म कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । यसअघि धरानका राजनीतिक दलहरूले कोरोना संक्रमित र मृत्युदर बढेको भन्दै लकडाउन गर्न संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए ।

सोमवार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको उपस्थितिमा आयोजना गरिएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा १० दिन लकडाउन गर्न सिफारिस गरेको थियो । लकडाउनको समयमा औषधि, अत्यावश्यक खाद्यवस्तु र दुग्ध पदार्थमात्र विक्रीवितरण गर्न पाइनेछ।

यस्तै, प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने, पीसीआर टेष्ट, एन्टिजेन टेस्टको दायरा बढाउने निर्णयसमेत बैठकले गरेको छ । व्यवसायीले भने लकडाउनको विकल्प खोजिनुपर्ने सुझाव दिएका छन् ।