२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


बाढीले बागलुङको बडिगाडमा २७ घरमा क्षती


0
Shares

डम्मर बुढा मगर

बागलुङ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण ठाडो खोलामा बाढी आउँदा बागलुङको बडिगाडमा २७ घर मा क्षति पुगेको छ ।
बडिगाड गाउँपालिकाको वडा नम्बर ९ स्थित भाते खोलामा भल सँगैको बाढीले दर्जनौ घरमा क्षति पु¥याउनुका साथै सडक, खानेपानीको पाइप बगाएको स्थानीयले बताएका छन् ।

ठाडो खोलामा आएको भल बस्तीमा पसेपछि लाखौँको क्षती भएको स्थानीयले बताएका छन् । बाढीले स्थानीय टोप बहादुर पुनको पसलमा भल पस्दा ५ लाख बराबरको क्षती भएको बताइएको छ । अर्का स्थानीय पुर्ण बहादुर घर्तीको खाजा पसल, हिरा बहादुर केसी, कुल बहादुर केसी, जित बहादुर क्षेत्री, सुर्य बहादुर केसी, मिठ बहादुर केसी लगाएतको खेतमा लगाइएको धान भलसँगैको बाढीले नष्ट पारेको छ ।

स्थानीयले प्रयोग गर्दै आइरहको बल्घास–मैदाले खानेपानी आयोजनामा पनि क्षति पुगेको वडा अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिनुभयो । मध्यरातमा बाढी आएकाले स्थानिय रातभर जागराम बस्न बाध्य भएका थिए । सो स्थानमा भएको क्षतीको खबर पाउनै बित्तिकै गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको टोली क्षेतिग्रस्त क्षेत्रमा पुगी अनुगमन गरेको छ ।

अबरुद्ध सडक गाउँपालिकाको डोजर सञ्चालन गरी तत्काल सफा गर्ने, खानेपनीको मर्मत गर्ने लगाएतका निर्णय भएको अध्यक्ष पाइजाले बताउनुभयो । प्राकृतिक विपत्तिमा परेका पीडित परिवारको राहतका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने पाइजाको भनाई छ । घर, पसल, खेतमा भएको क्षती लगाएतका बिषयमा स्थानीयसँग अन्तरक्रिया गरी समस्या समधानको बाटो खोजिने उहाँले बताउनुभयो ।