यसअघि अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि अघि बढ्ने नेपाल पक्षका नेताहरुले बताएका थिए । नेपाल समूहले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यको हस्ताक्षर संकलन थालेको छ ।
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी गठनलगायतका विषयमा छलफलमा जुटेका छन् ।
नयाँ बानेश्वरस्थित एक होटलमा जारी छलफलपछि निर्वाचन आयोग जाने समूहको तयारी छ । सरकारले हिजो सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेसँगै नेपाल पक्षका नेताहरु छलफलमा जुटेका हुन् ।
यसअघि अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि अघि बढ्ने नेपाल पक्षका नेताहरुले बताएका थिए । नेपाल समूहले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यको हस्ताक्षर संकलन थालेको छ ।
सो समूहले नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ । अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको नेपाल निकट नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्