प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा प्रदेश २ का प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्दै झालाई पदमुक्त गरेपछि उहाँ बुधबार कार्यालय तथा आवासबाट बिदा हुनुभएको हो ।
जनकपुर । प्रदेश २ को प्रदेश प्रमुखबाट डा. राजेश झा अहिराज पदमुक्त भएपछि कार्यालय तथा आवासबाट बिदा हुनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा प्रदेश २ का प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्दै झालाई पदमुक्त गरेपछि उहाँ बुधबार कार्यालय तथा आवासबाट बिदा हुनुभएको हो ।
झाले आफ्नो छोटो कार्यअवधिमा प्रदेश प्रमुखको पद सक्रिय रहेको बताउँदै आम नागरिकसँग घूलमिल भएर काम गर्ने अवसर पाएको बताउनुभयो । उहाँले राज्यबाट आफूले पाउने कुनै पनि सेवा सुविधा नलिनेसमेत घोषणा गर्नुभयो ।
२०७७ साल फागुन ७ गते प्रदेश– २ को प्रदेश प्रमुखमा नियुक्त भएका झा वर्तमान मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पदमुक्त गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्