१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पानी रोकिएपछि काठमाडौंको फोहोर उठ्छ– मेयर शाक्य


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकेको जनाएको छ ।

हाल उपत्यकाका विभिन्न शहरमा फोहोर थुप्रिएको छ भने महानगरपालिकाले केही दिनदेखि फोहोर उठाउन नसक्दा प्रदूषण बढिरहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा बिग्रिने हुँदा सहज रुपमा गाडी जान नसकेका बताउनुभयो ।

वर्षा रोकिएपछि सहज रुपमा फोहोर उठाउने मेयर शाक्यको भनाइ छ । उहाँले बञ्चरेडाँडाको काम छिटो सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्न पनि सरकारसँग माग पनि गर्नुभयो ।

त्यस्तै सिसडोलदेखि बञ्चरेडाँडाँसम्म जाने बाटो पनि सडक विभागले छिट्टै बनाइदिए फोहोर व्यवस्थापनको समस्या समाधान हुने उहाँले बताउनुभयो ।