एकपक्षीय बैठक बसेर कारबाही गर्ने अधिकार नभएको पत्रमा लेखिएको छ । कारबाही प्रक्रिया अवैधानिक भएको भन्दै नेपाल समूह संसद् सचिवालय गएको हो ।
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही कार्यान्वयन नगर्न माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदले संसद् सचिवालय पत्र दर्ता गराएका छन् ।
ओली पक्षले मंगलबार नेता नेपालसहित १४ जनालाई पदमुक्त गर्न संसद् सचिवालयलाई पत्र पठाएको थियो । एमालेले गरेको कारबाही संवैधानिक नभएको नेपाल पक्षले बुझाएको पत्रमा उल्लेख छ ।
एकपक्षीय बैठक बसेर कारबाही गर्ने अधिकार नभएको पत्रमा लेखिएको छ । कारबाही प्रक्रिया अवैधानिक भएको भन्दै नेपाल समूह संसद् सचिवालय गएको हो ।
गैरकानुनी कारबाही भएकाले कार्यान्वयन नगर्न माग गर्दै संसद् सचिवालय गएको नेपाल पक्षीय सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्