
बुटवल । आफ्ना दुई जना सांसदलाई पदुक्त गर्न गरिएको पत्राचारलाई सभामुखले बेवास्ता गरेको भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक बुधबार पनि अवरुद्ध गरेको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलोगरी सुरु भए पनि एमालेले विरोध गरेपछि चल्न नसकेको हो ।
पार्टीको ह्वीप विपरीत अघिल्लो सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने विमला खत्री वली र वर्तमान सरकारका विना विभागीयमन्त्री अजय शाहीलाई पार्टीले कारबाही गरेको पत्र एमालेले सभामुखलाई बुझाएको छ ।
सभामुखले बैठक अघि बढाउन खोज्दा एमाले सांसदहरूले रोष्टम घेराउ गरेका थिए । उनीहरूले पार्टीको पत्र अनुसार दुई जना सांसदलाई कारबाही नगरेसम्म संसद् चल्न नदिने अडान लिएका छन् । प्रदेशसभाको अर्को बैठक बिहीबारका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्