
काठमाडौं । कारोबार हुने साताको चौथो दिन सेयर बजारमा फेरि उछाल आएको छ । परिसूचकमा फेरि कीर्तिमान कायम हुँदा सवा २१ अर्ब माथिको उच्च कारोबार हुन पुगेको छ ।
यसअघि आइतबार हालसम्मकै उच्च २१ अर्ब ६५ करोडको कारोबार भएको थियो । उतार चढावबीच बजार परिसूचक नेप्से ३८ अंकले उकालो लागेर ३१ सय ९८ को उचाइ कायम भएर थामियो ।
यस दिन अधिकांश समूहमा हरियाली छायो । व्यापार र सामूहिक लगानी कोष सामान्य अंकले रातो रहेबाहेक अरु सबै समूह उकालो लागेका छन् । विकास बैंक समूहमा सबैभन्दा उच्च ३ सय ३० अंकको वृद्धि आयो । उत्पादनमूलक समूह पनि २ सय ५५ अंकले बढ्यो ।
वित्त समूह १ सय ४८ अंकले उकालो लाग्यो । जीवन बीमा समूह डेढ सय अंकले उक्लियो । निर्जीवन बीमा समूह ८३ अंकले बढ्दा जलविद्युत र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले सकारात्मक रहे ।
यस दिन २ सय २८ कम्पनीको ३ करोड ६५ लाख कित्ता सेयर २१ अर्ब ३१ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्