१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यादेशको विरोधमा बनेपामा ओली पक्षीय युवा र विद्यार्थीको प्रदर्शन


0
Shares

काभ्रे । नेकपा एमालेको ओली पक्षीय भातृ संगठन युवा संघ र अनेरास्ववियूले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध बनेपामा प्रदर्शन गरेका छन् ।

चारदोबाटोमा भएको विरोध प्रदर्शनमा सहभागी युवा विद्यार्थीले नेकपा एमाले जिन्दावाद, अध्यादेश चाहिँदैन, पार्टी फुटाउन पाइँदैन, देउवा सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियू काभ्रेका अध्यक्ष गोविन्द उप्रेतीले संविधान नमिच्न सरकारलाई चेतावनी दिनुभएको छ । देशलाई निकास दिन प्रधानमन्त्री देउवाले तत्काल राजीनामा दिएर चुनाव घोषणा गर्नुपर्ने उहाँको माग छ ।

यस्तै युवा संघ काभ्रेका अध्यक्ष विक्रम चौलागाईंले माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिँदै आफ्नै पार्टीका नेता कार्यकर्ताको भावनामा लात हानेको आरोप लगाउनुभयो । विदेशीको इशारामा चलेको वर्तमान सरकारले ठूलो मुल्य चुकाउनुपर्ने उहाँको भनाइ छ ।