१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कारबाही रोक्न माग गर्दै एमालेका १४ सांसदको निवेदन, संसद सचिवालयले दर्ता नै गरेन


0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा १४ जना सांसदले कारबाही रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।

नेकपा एमालेले पार्टीको ह्वीप उलंघन गरेको भन्दै वरिष्ठ नेता नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्न मंगलबार संसद सचिवालयमा पत्र पठाएको थियो । सोही पत्रअनुसार कारबाही गर्न नमिल्ने तर्क गर्दै नेपाल पक्षमा १४ जना सांसदहरुले बुधबार अपराह्न सिंहदरबारस्थित संसद सचिवालयमा महासचिव डा. भरतराज गौतमलाई निवेदन बुझाएका हुन ।

१४ सांसदको तर्फबाट नेपाल पक्षका सांसदद्वय विरोध खतिवडा र जीवनराम श्रेष्ठले संसद सचिवालयका महासचिवलाई बुझाएको निवेदनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा आफ्नो दलले ह्वीप नलगाएको र संसदमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा सर्वोच्च अदालतको फैसला अनुसार विपक्षमा मतदान गरिएकाले एमालेले आफूहरुलाई कारबाही गर्न नमिल्ने उल्लेख गरिएको छ ।

यसैबीच, संसद सचिवालयले भने सो निवेदन औपचारिक रुपमा दर्ता गराएको छैन । सांसद श्रेष्ठका अनुसार संसद सचिवालयका महासचिव डा. पोखरेलले कानुन रुपमा दर्ता गर्न मिल्ने÷नमिल्ने हेरेर मात्रै दर्ता गर्न सकिने जानकारी गराउनु भएको छ । यो सबै हेरेर दर्ता हुने÷नहुने भोलि मात्रै जानकारी दिन सकिने महासचिव पोखरेलले आफूहरुलाई बताएको सांसद श्रेष्ठको भनाइ छ ।