१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अफगान मामलामा बाइडेन र जोन्सन एक ठाउँ


0
Shares

एजेन्सी । अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ ।

उहाँहरूबीच हालै अफगानिस्तानबाट अमेरिकासहित नेटो सेना फर्किएको विषय र त्यसपछि तालिबानीले अफगानिस्तान कब्जा गरेको विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फोनवार्ताका क्रममा अबका दिनमा अफगानिस्तानका विषयमा आफू कसरी अघि बढ्ने भन्ने बारेमा पनि कुराकानी भएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानमा तालिबानले सत्ता सञ्चालन गर्ने स्पष्ट भइसकेको भए पनि आगामी दिनमा अफगानिस्तानका विषयमा एक आपसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको समाचारमा जनाइएको छ । उहाँहरू अफगानिस्तानबाट बाहिरिन चाहेका विदेशी नागरिकलाई त्यहाँबाट उद्धार गर्नका लागि पनि संयुक्त रूपमा सहायता प्रदान गर्नेमा सहमत भएका छन् ।

यसैबीच कतारमा निर्वासनमा रहेका तालिवानका शीर्ष नेता मुल्लाह अब्दुल घानी बरादर अफ्गानिस्तान फर्किएका छन् । उनी तालिवान समूहका सह–संस्थापक हुन् । कतारमा रहेर उनले तालिवानको तर्फबाट अन्तर्राष्ट्रिय समुदायसँग लगातार वार्ता गरेका थिए । सन् २००१ सम्म अफ्गानिस्तनमा तालिवानले शासन गर्दा मुल्लाह बरादर सरकारको महत्वपूर्ण सदस्य रहेका थिए ।